Politics News

ओलीले गरे अचम्म लाग्दो साहसिक निर्णय, जस निर्णय का कारण ओलीलाई आयो प्रशंसै प्रशंसा को ओइरो (पुरा विवरण हेरी शेयर गर्नुहोस)

1123Shares

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतका लागि नेपाली राजदुतमा संविधानविद् एवम् कुटनीतिज्ञ निलाम्बार आचार्यको नाम सिफारिश गरेर साहसिक निर्णय गरे । उनको उक्त निर्णयको चौतर्फी तारिफ भैरहेको छ । पार्टी विशेषबाट माथि उठेर उनले सबैले रुचाएको व्यक्तिको नाम सिफारिश गरेर सर्बमान्य निर्णय गरे । अहिले प्रतिपक्षी दलले समेत ओलीको यो निर्णयको खुलेर समर्थन गरेको छ ।

यसअघि राजदुत सिफारिशको निर्णयहरु विवादित हुँदै आएका थिए । अझ, भारतका लागि नेपाली राजदुत बनाउने कुरा त झनै अप्ठ्या

रो विषय बन्ने गरेको थियो । प्रधानमन्त्री ओलीले अत्यन्तै सुझबुझका साथ आचार्य निर्विकल्प हुने ठानेर राजदुतमा नाम सिफारिश गरे ।

नागरिक समाज, बुद्धिजिवी एवम् विभिन्न राजनीतिक दलले समेत निलाम्बर आचार्यको नियुक्ती प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन् । आचार्य स्वतन्त्र व्यक्ति हुन् । पछिल्लो कालखण्डमा उनले खेलेको भूमिका सबै दलका लागि स्विकार्य थियो ।

तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०५३ मा उनलाई श्रीलङ्काको राजदूत बनाएर पठाए । उनको उक्त कार्यकाल २०५६ सम्म रह्यो। उनी कांग्रेसको मनोनित कोटाबाट संविधान सभा सदस्य बनाइएका हुन्। यिनी २०६६मा संविधान सभाको संवैधानिक समितिको सभापति बनेका थिए।

कम्युनिस्ट पार्टीको सदस्यता त्यागेको २७ वर्षपछि ७५ वर्षीय आचार्यलाई कम्युनिस्ट पार्टीको सरकारले भारतका लागी राजदुत नियूक्ती गरेर राम्रो काम गरेको पूराना कम्युनिष्ट नेताहरुले प्रतिक्रिया दिएका छन् ।

विश्वमा साम्यवाद पतन भयो भन्दै ०४८ सालमा निलाम्वर आर्चायले कम्युनिस्ट पार्टी छाडेका थिए । अहिले आचार्यलाई दुईतिहाई बहुमतप्राप्त नेकपाको सरकारले भारतको लागि राजदूत सिफारिस गरेको छ ।

आचार्यको जन्म २००० सालमा सल्यान जिल्लाको खलंगा गा.बि.स.मा भएको हो। उनले कानुनमा स्नातक (बीएल) र रुसको मस्कोबाट पत्रकारितामा एम.ए. गरेका छन्। विद्यार्थी छँदा नै २०१९मा राजनीतिमा लागेका आचार्यले २०४२ बाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री बनेका थिए। यिनी २०४८मा कम्युनिष्टबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

आचार्यले पछिल्लो समय नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपालको तर्फबाट सदस्यको रुपमा काम गरेका थिए । उनले नेपाल-भारत द्धिपक्षीय सम्बन्धलाई राम्रोसँग बुझेका छन् । उनको कार्यकालमा द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *