Social News

सरकार बलात्कारसामू झुक्दै गएको भन्दै’ गृहमन्त्रीको प्रदर्शनकारी देखि सांसदले मागे राजीनामा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

0Shares

काठमाडौं- पछिल्लो समय हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि अपराधी पक्राउ तथा घटनाबारे गम्भीर नरहेकोले भन्दै सांसदले नै राजीनामा मागेको केही समयपछी सडकबाटै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागिएको छ ।

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्या प्रकरण देशैभरि फैलिएपछि गृहमन्त्री थापा बढी आलोचित भएका छन् । अन्य बालिका र महिला हिंसाका कारण पनि मन्त्री थापा दबाबमा परेका छन् ।

पन्तको न्यायका निम्ति काठमाडौंमा भएको प्रदर्शनमा निर्मला बलात्कार र हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ र कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरिएको थियो । ‘निर्मलाका लागि न्याय’ नामक अभियानले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।

प्रदर्शनकारीले मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढदै जाँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

सरकार बलात्कारसामू झुक्दै गएको प्रदर्शनकारीहरुको आरोप छ । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै देशभर सरकारविरुद्ध दैनिक प्रदर्शन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *