National Nws

अमेरिकाले स्वास्थ्यमन्त्री यादवलाई भिसा नदिएपछि, कारण यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

181Shares

काठमाडौं ,१६ असोज । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भिसा नदिएका कारण अमेरिका जानबाट वञ्चित भएकाे खुलेकाे छ । क्षयरोगसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन अमेरिका जाने तयारी गरेका स्वास्थ्यमन्त्री यादवलार्इ अमेरिकाले भिसा नदिएको खुलाशा भएको हाे ।

विभिन्न देशका प्रधानमन्त्री तथा मन्त्रीहरुसहित मन्त्रि यादव उक्त कार्यक्रममा जाने तयारी भएको थियाे । भिसा नपाएपछि उनी राेकिएकाे र मन्त्रालयका कर्मचारी मात्रै सहभागी हुन पाएकाे जनाइएकाे छ । कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललगायतका कर्मचारीले सहभागिता जनाएका हुन् ।

कार्यक्रमका लागि मन्त्री यादवले छोरा विपेश यादवलाई ‘स्वकीय सचिव’का रुपमा अमेरिका भ्रमणमा लैजान खाेजेको बुझिएको छ ।

मन्त्री यादवले अमेरिकाकाे भिसा नपाउनुकाे कारण भने उनकाे पासपाेर्ट दिल्लीमा रहेकाे र दिल्लीबाट साे पासपाेर्ट मगाउँदायता ढिला भएकाे प्रेस सल्लाहकार महेश चौरासियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *