Politics News

भिसा नपाएपछि स्वास्थ्यमन्त्री अमेरिका जान पाएनन्, दिल्लीबाट पासपाेर्ट ढिलाे अाउँदा समस्या (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

76Shares

काठमाडौं – उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव भिसा समस्याका कारण अमेरिका जानबाट वञ्चित भएकाे खुलेकाे छ । क्षयरोगसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन छाेरासहित अमेरिका जान खोजेका स्वास्थ्यमन्त्री यादवलार्इ अमेरिकाले भिसा नै नदिएको खुलासा भएको हाे ।

विभिन्न देशका प्रधानमन्त्री तथा मन्त्रीहरुसहितकाे उक्त कार्यक्रममा नेपालबाट स्वास्थ्यमन्त्री जाने तयारी थियाे । तर भिसा नपाएपछि उनी राेकिएकाे र मन्त्रालयका कर्मचारी मात्रै सहभागी हुन पाएकाे जनाइएकाे छ । साे कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललगायतका कर्मचारीले सहभागिता जनाएका हुन् ।

मन्त्री यादवले अमेरिकाकाे भिसा नपाउनुकाे कारण भने उनकाे पासपाेर्ट दिल्लीमा रहनु रहेकाे छ । दिल्लीबाट साे पासपाेर्ट मगाउँदासम्म यता ढिला भइसकेकाे बताइएकाे छ । उनका प्रेस सल्लाहकार महेश चौरासियाका अनुसार, दिल्लीबाट मन्त्री यादवकाे पासपोर्ट ढिलो आइपुगेका कारण भिसा पाउन समस्या भएकाे हाे ।

पासपाेर्टका कारण भिसा समस्या अाएपछि मन्त्री यादवले ‘भिसा नोट’ गराएर भिसा लिन चाहेका थिए । उनले त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत सम्पर्क गरेका थिए तर परराष्ट्रमन्त्री, सचिव र वरिष्ठ सहसचिव सबै मन्त्रालयबाहिर भएकाे कारण भिसा नोट समेत तयार हुन सकेन ।

कार्यक्रमका लागि मन्त्री यादवले अाफ्ना छोरा विपेश यादवलाई ‘स्वकीय सचिव’का रुपमा अाफूसँगै अमेरिका भ्रमणमा लैजान खाेजेकाे समेत बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *