समाज

सक्कली लालपूर्जामा भएको कित्ता नै परिवर्तन, ७ दिनभित्र घर–जग्गा खाली गर्न अदालतको निर्देशन …(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

0Shares

कोहलपुर नगरपालिका–६ रझेनाकी गीता भण्डारीको हातमा १७ धुर जग्गाको लालपुर्जा छ तर, दिनहुँ जसो उहाँलाई मेरो हो भन्दै एक स्थानीयले धम्क्याउन मान्छे लगाएका छन् ।

बारम्बार घर खाली गराउन उहाँलाई दबाब आउँछ । प्रहरी प्रशासन गुहार्दा उहाँकै साथ सहयोग गर्छन्, ‘मेरो त रुनु बाहेक विकल्प छैन’ गीताले भन्नुभयो ।

लालपुर्जामा १२३९ कित्ता नं. को जग्गा गीता भण्डारीको नाममा रहेको स्पष्ट छ । ‘बारम्बार मार्ने धम्की र घर खाली गर्न भन्दै सूचना आउँछ । यो कहाँको नियम कानुन हो, मैले बुझ्नै सकिरहेको छैन’ उहाँले भन्नुभयो ।

करिब १२ वर्ष खाडी मुलुकमा पसिना बगाएर किनेको जग्गा पावर र पैसाको आडमा सक्कली लालपुर्जाको कित्ता नै परिवर्तन गरेर स्थानीय डम्मर बहादुर घर्ती क्षेत्रीले आफ्नो बनाउन खोजिरहेको पीडित गीताले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘२०५८ सालमा त्यही जग्गा धितो राखेर ५० हजार ऋण निकाले र सानो झुपडी बनाए । घरमा सर सामान पनि जोडेको छु । घरमा सुचना नै नदिई एक्कासि कहिले विद्युतको मिटर त कहिले घर खाली गराउन मान्छे पठाइन्छ ।

यो कहाँको कानून हो ?’ उहाँले थप्नुभयो, ‘आफ्नो त पावरमा कोही छैन । राजनीतिक दलमा पनि चिनेको, पढेको कोही नहुदा यस्तो दुख पाइदो रहेछ ।’

‘कमाएको पैसाले सानो भएपनि आफ्नै जग्गा किनेर चिटिक्कको घर बनाउने सपना थियो । सब दैवले लग्यो ।’ उहाँले भन्नुभयो, ‘गरिब दुःखीको लागि कसैले साथ सहयोग गर्दैन । मेरो पनि त्यही हालत भएको छ’ गीताले भन्नुभयो ।

‘म विदेशमै हुँदा मेरो सानो झुपडी भत्काउन मान्छे लगाइयो । कसैले केही बोेलेनन् । प्रहरी प्रशासन आए, हेरेर मात्र गए’ गीताकी दिदी पद्मा लामिछानेले भन्नुभयो, ‘स्थानीय डम्मर बहादुर घर्ती क्षेत्रीले गर्दा धेरै दुख पाइयो ।’

नक्सा अनुसार बाटोदेखि पूर्वतिर १६ मिटर सरकारी जग्गा छ । त्यस्तै ८ मिटर गीता भण्डारीको जग्गा नक्सामा स्पष्ट छ । आफूखुसी पावरको भरमा डम्मरले सक्कली नक्सालाई परिवर्तन गरि बाटो सार्नेदेखि सार्वजनिक जग्गा अर्कैको नाममा देखाएको उहाँले आरोप लगाउनुभएको छ ।

‘न्यायालयले पनि पहिले त्यही जग्गा आधा मिटरको देखायो तर, पछि सम्पूर्ण घर खाली गराउन आदेश दियो’ स्थानीय कर्ण बहादुर भण्डारीले भन्नुभयो ।

डम्मरले आफूखुसी घर भत्काउदा पनि प्रहरीले कुनै किसिमको मुचुल्का नउठाएको, डाका मुद्दा हाल्दा पनि केही सुनवाई नहुनु र उल्टै प्रहरीले यस्तो पनि मुद्दा हुन्छ भनेर हप्काएको भन्दै गीताले दुखेसो पोख्नुभयो ।

सर्वोच्च अदालतको २०७२÷७÷१६ गतेको फैसला अनुसार न्याय प्रशासन सेवा २०६३ को दफा १, २ र उपदफा (१)को खण्डा (क) २ (ख) को अवस्था विद्यमान रहेको नदेखिएकाले मुद्दा दोहो¥याई हेर्न अनुमति दिएको छ ।

तर यता जिल्ला अदालत बाँकेले भने २०७६ बैशाख १४ गते पत्र पठाई ७ दिनभित्र घर जग्गा खाली गर्नु भन्दै आदेश दिएको गीताले सुनाउनुभयो ।

मुद्दाको प्रकृति हेर्दा गीताको नाममा जग्गा रहेको देखिएको छ, अधिवक्ता टिका जंगले भन्नुभयो । जग्गाको श्रेष्टा हेर्दा मालपोत, विद्युत सम्पूर्ण गीताले तिरेको देखिएपनि जग्गा प्रत्यक्ष हेरेर मात्रा थाहा हुने बताउनुभयो ।

जग्गाको भोगचलन कसले गरेको छ ? घर निर्माण कसले गरेछ ? त्यो सब हेर्नु पर्ने भएकाले जग्गा भएको ठाउँमै पुगेर भन्न सकिने उहाँले बताउनुभयो ।

यस्तै ७ दिन भित्र घर खाली गराउने सूचना दिन स्वयम जिल्ला अदालत बाँकेका सेलदार शाखा अधिकृत पुग्नुभएको थियो ।यो विषयमा जानकारी लिन खोज्दा उहाँको मोबाइल नं. ९८५८०२८४१३ स्विचअफ रहेको छ ।न्युज २४ नेपालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *