समाज

छिमेकीलाई ऋण दिएको ३६ लाख रुपैयाँ फिर्ता नदिएपछि झापाका यामनाथ दहालले प्रचण्ड गर्मीमा शुरु गरे आमरण अनसन…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

0Shares

झापा, १९ बैशाख । झापाका यामनाथ दहाल आफुले लगानी गरेको लाखौं रुपैयाँ फिर्ता नभएपछि आमरन अनसन नै बसेको छन् ।

जिल्लाको गौरादह—१ का दाहालले लाखौं रकम डुब्दा पनि कहिँ कतैबाट न्याय नपाएको भन्दै बिहीबारदेखि आमरन अनसन सुरु गरेका हन् ।

स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो ३६ लाख रुपैयाँ बर्षौँ बित्दा पनि फिर्ता नदिएपछि अनसन बसेको दाहाल बताउँछन् ।

गौरादह बजारमा उनी यतिवेला प्रचण्ड गर्मीमा अनसन बसिरहेका छन् । ‘गौरादहमा सबैसँग हार गुहार गरेँ, जनप्रतिनिधिसँग पनि सहयोग मागेँ, पैसा लगेको बकाइदा कागज छ, तर न्याय पाइनँ’, अनसनरत दाहालले भने ।

दाहालले बरु ज्यान जाला आफ्नो पैसा फिर्ता नभइन्जेल अनसन नतोड्ने बताए । अनसन बस्दा बस्दै आफ्नो ज्यान गए श्रीमती पनि अनसन बस्ने उनको भनाई छ ।

गाउँसमाजमा पटक पटक छलफल भएपनि आफुले न्याय पाउन नसकेको दाहाल दुखेसो पोख्छन् । दाहाल भन्छन्, ‘सम्पतिमा हाई हाई विपत्तिमा कोही छैन दाजु भाई भन्थे ठ्याक्कै ममा यस्तै आइलाग्यो ।’

नगरपालिकाको न्यायिक समितिले छलफल गरेको तर प्रतिवेदन गुपचुप पारेको दाहालको आरोप छ । न्याय दिनुपर्ने न्यायीक समिति पनि पीडकसँग मिलेको उनको आरोप छ ।

घिमिरेले २०७३ साल चैत्र १७ देखी पटक पटक आफूसँग पैसा लगेको र छिमेकको नातामा विश्वासले ऋण पनि तिरिदिएको दाहाल बताउँछन् । तर, घिमिरेलाई आफूले सहयोग गर्दा आफै डुबेको र पैसा माग्दा थर्काउने र धम्कि दिने गरेको बताउँछन् ।

दाहालले सृजनालाई कारोबार गर्ने शिलशिलामा २६ लाख दिएका थिए । हाल त्यसको ब्याज सहित जोड्ने हो भने ३६ लाख पुग्ने दाहालको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *