राष्ट्रिय समाचार

सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्छौंः प्रधानमन्त्री ओली,(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारेका हुन्।

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संचार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।

त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ। प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे तर प्रविधिको दुरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न जरुरी रहेको पनि उल्लेख गरे।

उनले केही वर्ष अघि मोवाईल चलाउन अनौठो मानिएपनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भईरहेको पनि बताए।

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवामा सबैको पहुँच पुर्याउन सरकारले अप्टिकल फाईबर विस्तारसम्बन्धि ‘महामार्ग’ नै तयार पारेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *